पशु विकासमा हालसम्मका कार्यक्रमहरु प्रायः उत्पादनमुखी भएका र तिनीहरुको समुचित बजार व्यवस्था संगसंगै संचालन नभएको कारणले विगतमा सरकारी पक्षबाट पशुपंक्षी बजार विकासमा सहयोग पुग्न सकेन र पशुजन्य पदार्थहरुको माग र आपुर्तिमा संतुलन मिल्न सकेको थिएन । आ.व. ०५७।५८ देखि पशु सेवा विभाग अर्न्तर्गत पशुपंक्षी बजार प्रवद्धन निर्देशनालयको स्थापना भएपनि क्षेत्र र जिल्लासम्म यसको संजाल (Organizational Network) नभएको र आ.व. ०६४।६५ सम्म न्यून कार्यक्रम वजेट प्राप्त हुंदै आएको हुंदा पछि परेको पशुपंक्षी बजार विकासले अपेक्षित गति लिन सकिरहेको अवस्था थिएन यद्यपी निजी स्तर या संस्थागत रुपमा धेरै अघिदेखि बजार विस्तार एवं विकास हुंदै आइरहेको देखिन्छ ।
प्रभावकारी बजार संजाल विस्तार / (Market network expansion) बाट ग्रामीण क्षेत्रको पशुजन्य उपजहरुलाई शहरी बजारको पहुंचमा पुर्याउने
पशुजन्य पदार्थमा आधारित उद्योग व्यवसाय तथा वजारको प्रवद्धन गरी पशुपालन पेशालाई औद्योगीकरण र व्यवसायिकरणतर्फउन्मुख गर्ने
गुणस्तरीय, स्वस्थ, सफा पशुजन्य पदार्थको खरिद विक्री तथा बजार व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि गर्ने
पशुपंक्षी तथा पशुजन्य पदार्थको आयात प्रतिस्थापन तथा निर्यात प्रवद्धनमा टेवा पुर्याउनेविगतको तुलनामा केही उत्साहवर्धक कार्यक्रम र वजेट प्राप्त गर्दा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अवसर प्राप्त गरेको छ ।